यू-२० को बन्द प्रशिक्षणबाट बाहिरिए ११ जना खेलाडी

काठमाडौँ - नेपाली यू-२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणबाट ११ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ(एन्फा)ले प्रशिक्षणको आधारमा दोस्रो चरणका लागि ३० खेलाडी चयन गरेको हो। ४१ मध्ये ११ खेलाडी बाहिरिएका हुन्। 

प्रशिक्षणबाट बाहिरिनेमा अमरबहादुर नेवार, टोपबहादुर राना, जाम ताम्ली, खेमराज श्रेष्ठ, प्रदीप लम्साल, सञ्जीव लामा, राकेश विश्वकर्मा, विनय बस्नेत क्षेत्री, राज भुसाल, माल्दिना आङथुपो र जवीन्द्र भट्टराई रहेका छन्। यू-२० का मुख्य प्रशिक्षक मेघराज केसीको रिपोर्टका आधारमा एन्फाले साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोट खेल(दोस्रो चरण)का लागि ३० खेलाडी चयन गरेको हो। 

साफ यू-२० च्याम्पियनसिप भारतमा आयोजना हुँदैछ। च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहनेछ  च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। यो खेल २५ जुलाईमा भुवनेश्वरस्थित कालिंगा रंगशालामा हुनेछ। 

नेपालले २७ जुलाईमा श्रीलंकाको सामना गर्नेछ। ३१ जुलाईमा भारत र २ अगस्टमा बंगलादेशको सामना गर्नेछ। साफ यू-२० च्याम्पियनसिपका शीर्ष २ टोलीले उपाधिका लागि ५ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। 

एएफसी यू-२० छनोटमा नेपाल समूह ‘बी’मा परेको छ। नेपालको समूहमा कतार, बहराइन, भुटान र बंगलादेश रहेका छन्। यो समूहको छनोट खेल बहराइनमा हुनेछ। समूह चरणको खेल १० देखि १८ सेप्टेम्बरसम्म हुनेछ। एएफसी यू-२० को छनोटको पहिलो खेलमा नेपालले भुटानविरुद्ध १० सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ।

नेपालले १२ सेप्टेम्बरमा कतारको सामना गर्नेछ। नेपाल बहराइनसँग १४ र १८ सेप्टेम्बरमा बंगलादेशसँग भिड्नेछ। समूह विजेताले २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउनेछ। 

बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीहरुमा,

गोलकिपर -  ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख
डिफेन्डर - सौरभ कार्की, अकिब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा, राज थोकर
मिडफिल्डर - अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जू, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी, आयुष घलान

स्ट्राइकर - दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा, रोहन खड्गी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×