तीन महिनाभित्र तुइन विस्थापन गर्ने सरकारको तयारी

काठमाडाैं । सरकारले आगामी चैतभित्र तुइन विस्थापन गर्ने गरी काम गरिरहेको छ ।

कोरोनाको प्रकोप बढिरहेको बेलासमेत स्वास्थ्य मापदण्ड पूरा गर्दै तुइनको स्थानमा झोलुङ्गे पुल निर्माणको काम धमाधम भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

देशभर १४३ वटा तुइन रहेकोमा अहिलेसम्म १३१ वटा तुइन विस्थापन गरी सो स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ ।

विभागका महानिर्देशक इश्वरचन्द्र मरहट्ठाले बाँकी रहेका झोलुङ्गे पुल निर्माण कार्य धमाधम भइरहेको बताए । गोरखापत्र दैनिकमा नरेन्द्र सापकोटाले खबर लेखेका छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×