लम्कीचुहाको प्रमुखमा एउटै पार्टीका दुई जनाको उम्मेदवारी

कैलाली - जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा काँग्रेसका तर्फबाट दुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। काँग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनीहरू दुवैले पार्टीको सिफारिस पत्रसहित उम्मेदवारी दर्ता गराएको जनाइएको छ।

उम्मेदवारी दर्ता गराएका थापाले आफूले कांग्रेस प्रदेश समितिको आधिकारिक पत्रसहित उम्मेदवारी दर्ता गराएको बताए। उनले भने, “आफूले प्रदेश समितिले दिएको टिकट र आधिकारिक पत्रसहित उम्मेदवारी दर्ता गराएँ, पछि उहाँ सुशीला शाहीले पनि पार्टीकै तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको सुन्नमा आएको छ।”

पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने जनाइएको छ। जिल्लाका १३ पालिका तहका झण्डै ६८९ जनप्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×