काठमाडौँ - सप्तरीको पश्चिमी भेगमा पर्ने बोदेबर्साइन नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएको छ।
निर्माणको ठेक्का पाएको न्यू ड्रइगन निर्माण सेवा कोटेश्वर काठमाडौँले दुई वर्षमा कार्य सम्पन्न गर्ने गरी २०७६ माघ १६ गते नगरपालिकासँग सम्झौता गरेको थियो। रु. पाँच करोड ९७ लाख ३१ हजार ५११ को लागतमा नगरपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको जनाइएको छ। अन्डरग्राउडसहित चार तले निर्माण गरिएको भवन प्रशासन, बैठक कक्ष, मेडिकल प्रयोगशाला, राजनीतिक पदाधिकारी तथा कर्मचारी बस्ने कोठा, पार्किङ, शैचालय, लिफ्ट र आपाङतामैत्री शौचालय तथा चमेना गृहलगायत संरचना बनाइएको व्यवस्थित इञ्जिनीयर विनोद साहले जानकारी दिए।
नगरपालिकाको प्रशासकीय भवन बनाउन नगर प्रमुख आतेशकुमार सिंह यादवले १० कठ्ठा जग्गा निःशुल्क दान गरेका हुन्। मङ्गलबार मात्रै महाशिवरात्रि पर्वको अवसरमा नगरप्रमुख यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादवले वडाध्यक्ष तथा कर्मचारीको उपस्थितिमा गृह प्रवेश पूजा गरेका हुन्।