रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले छाडे युक्रेन

एजेन्सी - संयुक्त राष्ट्र सङ्घले जनाए अनुसार हालसम्म रुस–युक्रेन युद्धका कारण दश लाख मानिसले युक्रेन छाडेका छन्। उनीहरु युक्रेन छोडेर छिमेकी देशमा पुगेका हुन्।

आक्रमण सुरु भएपछि सात दिनमा दश लाखले युक्रेन छाडेका र एक करोड २० लाख मानिस आन्तरिक रूपमा विस्थापित हुने जोखिम बढेको राष्ट्र सङ्घको विवरणमा उल्लेख छ। उनीहरूलाई थप सहायताको आवश्यकता पर्ने पनि राष्ट्र सङ्घले जनाएको छ। युक्रेनमाथि अतिक्रमण थालेपछि रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार पाँच सय सैनिक मारिएका छन् भने झण्डै १६ सय घाइते भएका छन्। रुस र युक्रेनका अधिकारीबीच दोस्रो चरणको शान्ति वार्ता बेलारुसको सीमा क्षेत्रमा हुने तय भएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुस र युक्रेनबीच युद्धविराम गराउने कुटनीतिक प्रयासलाई आफ्नो देशले समर्थन गर्ने बताउनुभएको बीबीसीले जनाएको छ। युक्रेनका मुख्य सहरमा आक्रमणका घटना भइरहेका छन्। आक्रमण सुरु भएको पाँचौँ दिन पहिलो चरणमा वार्ता भए पनि सहमति हुन सकेको थिएन। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×