सुमन केसी र प्रबिसा अधिकारीको स्वरमा ‘पलपल हरपल’ सार्वजनिक

काठमाडौँ - अभिनेता पुष्प खड्का र अभिनेत्री रुबिना थापा अभिनित नयाँ म्युजिक भिडियो ‘पलपल हरपल’ सार्वजनिक भएको छ। भिडियोमा पुष्प र रुबिनालाई रोमान्टिक सिनमा देख्न सकिन्छ।

सुमन केसी र प्रबिसा अधिकारीको स्वर रहेको गीतमा मधु पौडेलले शब्द रचना गरेका छन् भने प्रल्हाद बोगटीको संगीत रहेको छ। गीतलाई उदय राज पौडेलले एरेन्ज गरेका हुन्।

भिडियोलाई शान थापाले निर्देशन गरेका हुन्। अर्जुन तिवारीले खिचेको भिडियो मा सुप्रीम पराजुलीको सम्पादन र कलर रहेको छ। भिडिओ आसाम मोसन पिक्चरबाट सार्वजनिक भएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×