गायनको नयाँ रियालिटी शो  ‘सिङ्गर’ सोल फुल भ्वाइस’ आयोजना हुने

काठमाडौँ। गायनको नयाँ रियालिटी शो आयोजना हुने भएको छ। कार्यक्रमको नाम ‘सिङ्गर’ सोल फुल भ्वाइस’ रहेको छ। निर्माण पक्षले यो कार्यक्रम अहिले नेपालमा चलिरहेका बाँकी रियालिटी शो भन्दा पृथक हुने दावी समेत गरेका छन्। 

डिएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रीजका सञ्चालक श्याम धितालका अनुसार बिभिन्न फ्रेन्चाइज रियालिटी शोले नेपालमा लोकप्रियता कमाइरहेको बेला आफ्नै मौलिक शो सुरु गर्न लागिएको हो। नेपालका प्रमुख छ भाषा सहितको गायन प्रतियोगिता ‘सिङ्गर सोल फुल भ्वाइस’ रहेको आयोजकले जनाएको छ।

प्रतियोगिताका विजेताले नगद पुरस्कार २५ लाख रुपैयाँसहित कार र गीति एल्बम तयार पार्ने अवसर पाउनेछन्। कार्यक्रममा स्थापित  गायक–गायिकाहरुले भाग लिन सक्नेछन्। नेपाल नेटवर्क टेलिभिजन आगामी नयाँ वर्षको अवसर पारेर प्रसारणमा आउँदैछ। जसको शुभारम्भसँगै यो रियालिटी शोको प्रसारण पनि सुरु हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×