काठमाडौँ - नेपाली दूतावास कतारले कतारमा रहेका नेपालीलाई बडादशैंको अवसरमा टीका लगाईदिने भएको छ। दोहास्थित नेपाली दूतावासमा विजया दशमीको दिन (१९ असोज) कतारमा रहेका नेपालीलाई टीका तथा दुर्गा भगवतीको प्रसाद ग्रहण गर्ने कार्यक्रमको आयोजना गरेको हो।
त्यस दिन कतारमा रहेका इच्छुक नेपालीहरुलाई राजदूतावासमा आएर टीका तथा दुर्गा भवानीको प्रसाद ग्रहण गर्न दूतावासले अनुरोध गरेको छ। दशैंको टीकाको दिन बिहान १०ः३० बजेदेखि अपरान्ह १२ः०० बजेसम्म टीका तथा प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।
दशैंको अवसरमा यहि १८ र १९ असोज (अक्टोबर ४ र ५ तारिख) का दिन दूतावास बन्द रहनेछ। २० गतेदेखि भने नियमित रूपमा खुल्ला रहनेछ।