बजेट अभावका कारण सडक मर्मत हुन नसक्दा जनतामा आक्रोश बढेको छ : मन्त्री घिसिङ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बजेटको सीमितताका कारण सबै सडकको समयमै मर्मत सम्भार गर्न नसकिएको स्वीकार गर्दै त्यसकै कारण जनतामा ठूलो आक्रोश देखिएको बताएका छन्।

सडक बोर्डको २३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री घिसिङले देशभर सुधार गर्नुपर्ने सडक धेरै भए पनि बजेट अभावले मर्मत सम्भार प्रभावित भएको बताए। सडक बोर्डले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको भए पनि बजेटको सीमाका कारण समयमै मर्मत सम्भव नभएको उनको भनाइ छ।

उनले संघ, प्रदेश र स्थानीय तहबाट सडक मर्मत भइरहेको उल्लेख गर्दै बजेट अभावका कारण काम ढिलाइ हुँदा जनताको असन्तुष्टि बढेको बताए। आगामी वर्ष बजेटको दायरा बढाउन आवश्यक रहेको उनले जोड दिए।

मन्त्री घिसिङले केही सडक मर्मतमा निर्माण व्यवसायीका कारण पनि ढिलाइ भएको बताउँदै अब काम नगर्ने निर्माण व्यवसायीलाई पेनाल्टी तिराउने व्यवस्था गरेर अघि बढ्नुपर्ने धारणा राखे।

यसैबीच, सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसीले समयमै सडक मर्मत नगर्दा लागत तीन–चार गुणासम्म बढ्ने भएकाले मर्मत कार्य वैज्ञानिक ढंगले गर्नुपर्ने बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×