भारत। दक्षिण भारतीय कलाकार प्रभास र पूजा हेगडेको आउँदो चलचित्र 'राधे श्याम'लाई लिएर निर्माण पक्ष ठुलो निर्णय लिएका छन्। यो चलचित्र ११ मार्चबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ। तर, प्रदर्शन मिती नजिकिदै गर्दा निर्माण पक्षले अचम्मको निर्णय लिँदै चलचित्रको केहि भाग काटेको छ।
खबरका अनुसार चलचित्रको सबैभन्दा ठुलो कमजोरी यसको ढिलो गति रहेको छ। जसका कारण चलचित्र बिस्तारै अघि बढ्छ। सोहि कारण निर्माण पक्षले चलचित्र ढिलो भएको प्रतिक्रिया पाईरहेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार निर्माण पक्षले प्रदर्शनमा आउनु अघि नै आफ्नो गल्ती सुधारेको छ। जसका कारण निर्माण पक्षले चलचित्रको तेलुगु भर्सनबाट करिब १२ मिनेट काटछाँट गरेको छ। जसले गर्दा चलचित्रको कुल लम्बाई १३८ मिनेट भएको छ। यसअघि चलचित्रको लम्बाई १५० मिनेट (२ घण्टा ३० मिनेट) थियो।
रिपोर्टका अनुसार चलचित्रबाट केहि सिनहरू घटाईएको छ भने केहि सिन जोडिएको पनि छ। चलचित्रमा करिब ५६ बदलाव गरिएको छ।