काठमाडौँ। गायिका सोफिया थापाको नयाँ गीत ‘छाउपडी’ सार्वजनिक भएको छ। कर्णालीमा रहेको छाउपडी प्रथा, अनि महिला हिंसाको कथा समेटिएको गीतमा रमेश दाहालको शब्द, गायिका थापाको कम्पोज र विशाल पौडेलको संयोजन रहेको छ।
डोरबहादुर कट्वालले बनाएको भिडियोमा कर्णालीका महिलाहरुको जीवन देखाईएको छ । गीतले यस्ता कुसंस्कार हटाउनुपर्ने सन्देश दिएको छ।
भिडियो: