कांग्रेस नागरिक पङ्क्तिबाट सुझाव चाहन्छ : महामन्त्री शर्मा

काठमाडौँ - कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सञ्चारकर्मीका जिज्ञासा सम्बोधन गर्दै नागरिक पङ्क्ति कांग्रेसलाई के सुनाउन चाहन्छ र के अपेक्षा राख्दछ भन्ने सम्बन्धमा पनि बृहत्रूपमा सुझाव लिइने बताएका छन्।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि यही फागुन २९ गतेदेखि चलाउने एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा भ्रातृ र शुभेच्छुक संस्थाको भूमिकाका बारेमा स्पष्ट पार्दै उनले भने, “केन्द्रीय समिति क्रियाशील रहेका भ्रातृ र शुभेच्छुक संस्थाले अभियानका लागि आपसमा आवश्यक जिम्मेवारी बाँडफाँट गरेर आफ्नो देशभरको संरचना परिचालन गर्नेछन्। केही भ्रातृ सङ्घको नयाँ केन्द्रीय समिति गठन हुने क्रममा रहेको हुँदा गठन हुनुपूर्व ती सङ्घअन्तर्गतका विभिन्न तहले स्थानीय पार्टी समितिको समन्वयमा अभियानमा परिचालित हुनेछन्।”

भ्रातृ र शुभेच्छुक संस्थाले आफ्नो सङ्गठनको प्रकृतिअनुसारको संरचना, खासगरी स्थानीय तहको वडासम्मको संरचनालाई अभियानको अवधिमा पूर्णता दिने महामन्त्री शर्माले जानकारी दिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×