रुनी डीसी युनाइटेडको प्रशिक्षकमा नियुक्त

काठमाडौँ - इंग्ल्यान्डका पूर्व कप्तान वायन रुनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब डिसी युनाइटेडको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। डिसीले बुधबार आफ्ना पूर्व खेलाडी रुनीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको हो। सन् २०१८ देखि ०१९ सम्म डिसी युनाईटेडमा खेलेका रुनी टिमको प्रशिक्षकका रुपमा क्लबमा आएका हुन्।

रुनीले डिसीका लागि उनले ४८ खेलमा २३ गोल र १५ असिस्ट गरेका थिए। रुनी म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान पनि हुन्। ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका थिए। 

डिसी छाडेर उनी लिग वान क्लब डर्बी काउन्टीको मुख्य प्रशिक्षक बनेका थिए। क्लबसँग साढे २ वर्षको सम्झौता गरेको भए पनि ३६ वर्षीय रुनीले हालै डर्बीको मुख्य प्रशिक्षक पद छाडेका हुन्। उनले गत सिजन च्याम्पियनसिपबाट रेलिगेसनमा परेपछि पद छाड्ने निर्णय गरेका थिए।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×