'मिस नेवाः नेपाल ११४२'को अन्तिम प्रतिस्पर्धा आगामी बैशाख १८ मा हुने

'मिस नेवाः नेपाल ११४२'को अन्तिम प्रतिस्पर्धा आगामी बैशाख १८ गते हुने भएको छ। यो मिस नेवाको १६औँ संस्करण हो। यसको अन्तिम प्रतिस्पर्धा नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। 

प्रतिस्पर्धाको अन्तिम चरणमा विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रिल महर्जन, सिर्जुला महर्जन, आस्था श्रेष्ठ, स्वेच्छा महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, दीया महर्जन र रेविका महर्जन गरी १९ नेवार सुन्दरीहरुबीच प्रतिस्पर्धा हुनेछ। यसको विजेताले चम्किलो ताजका साथ पुरस्कार स्वरूप एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक नेप्लीज फेशन होमले जनाएको छ।

मिस नेवाः नेपाल नेवारी कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि १५ वर्षदेखि हुँदै आएको छ। नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यका साथ १५ वर्ष अघिदेखि सुरु गरिएको हो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×