चलचित्र विकास बोर्डको अध्यक्षका लागि ७ जनाको आवेदन

काठमाडौँ - केही दिनदेखि रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि अहिलेसम्म सात जना फिल्मकर्मीले आवेदन दिएका छन्।

सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भूवन केसी, निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका हुन्।

सातमध्ये सबैभन्दा सुरुमा निर्देशक रौनियारले आवेदन दिएकी थिइन्। त्यसपछि क्रमशः प्रधान, पण्डित, पौड्याल, पोखरेल, केसी र कार्कीले आवेदन दिएका छन्। 

भूवन केसीले आवेदन दिए पनि उनका लागि उमेर र शैक्षिक योग्यता बाधक बनेको छ। सञ्चार मन्त्रालयले मागेका दरखास्त आह्वानको विज्ञापनमा शैक्षिक योग्यता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण भएको वा सम्बन्धित् क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएको हुनुपर्ने उल्लेख छ। सोहीअनुसार भुवनले केही दिनअघि रत्नराज्य क्याम्पसबाट प्रमाणपत्र तहको क्यारेक्टर सर्टिफिकेट निकालेका थिए। 

भुवन केसी आफैंमा विवादित पात्र हुन्। उनले दुईवटा विवाह गरे, तर दुवै असफल भए। जेठी श्रीमती विजया केसी र उनबाट जन्मिएका सन्तान विवेक केसी र काजल केसी अमेरिकामा छन्। त्यसैगरी उमेर हद ६५ वर्ष हुनुपर्ने भनिए पनि उनको उमेर पनि बढी भएको स्रोतले दाबी गरेको छ।

त्यसैगरी अध्यक्षका लागि दुई महिलाहरु रौनियार र कार्की प्रतिस्पर्धामा छन्। त्यस्तै चलचित्र विकास बोर्डको बक्सअफिस कन्सल्टेन्ट भएर काम गरिसकेका मनिष पण्डितको पनि सत्ता पक्षसँग राम्रो सम्बन्ध रहेको बुझिएको छ। बुझिएअनुसार बोर्ड अध्यक्षका लागि अहिले सबै उम्मेद्वारहरु दौडधुपमा व्यस्त छन्। 

‘कांग्रेसले सेलिब्रेटी फेसलाई अध्यक्ष बनाउन चाह्यो भने भूवन केसी पहिलो रोजाइमा छन् तर भर्खरै पार्टीमा प्रवेश गरेकालाई अध्यक्ष बनाउँदा पुराना कार्यकर्ताको अपमान हुन्छ भन्‍ने आवाज पनि चर्कै उठिरहेको छ,’ नेपाली कांग्रेस निकट एक कलाकारले भने। केही चलचित्रकर्मीले केसीको दाबेदारीविरुद्ध उजुरी दिने तयारी गरिरहेका छन्। 

विकास बोर्ड अध्यक्षका लागि असार २० गतेसम्म आवेदन दिन सकिने बताइएको छ। त्यसैले अझै उम्मेद्वारहरु थपिन सक्छन्। अध्यक्ष पदमा आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने प्रावधान रहेको छ।

यस्तै, आवेदकले स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्वर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष काम गरेको हुनुपर्ने वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाली चलचित्रको स्थापना, विकास, संरक्षण, सम्बर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्नेछ

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×