भारत। दक्षिण भारतीय चलचित्र उद्योगको सुन्दर जोडीहरू मध्येको एक अभिनेत्री सामन्था रुथु प्रभु र अभिनेता नागा चैतन्यको अहिले छुट्टीसकेका छन्। छुट्टिएपछी सामन्था स्वतन्त्र महसुस गरेको संकेत बेला-बेला दिने गर्छिन्। सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरुमा लामो समय चर्चा परिचर्चा भएपछी जोडीले सम्बन्धविच्छेद गर्ने निर्णय लिएको थियो। २३ नोभेम्बरमा नागाले आफ्नो ३५औँ जन्मदिन मनाएका छन्। उनका प्रशंसक तथा धेरै मनोरंजनकर्मीले उनलाई जन्मदिनको शुभकामना दिए। तर, छुट्टिनु अघि वर्षैपिच्छे नागाको जन्मदिनलाई विशेष मान्ने सामन्थाले भने उनलाई कुनै शुभकामना दिइनन्। नागाका प्रशंसकहरुले यो कुराको लागि सामन्थालाई आलोचना गरिरहेका छन् भने सामन्थाका प्रशंसकहरु उनको बचाउमा बोलिरहेका छन्।