काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन्।
खेल बेलुका पौने आठ बजेबाट मुम्बइमा हुनेछ। सात खेलमा ६ अङ्क जोडेर सातौँ स्थानमा रहेको दिल्ली आज चौथो जितको खोजीमा रहेको छ। आठ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको कोलकत्ता दिल्लीलाई हराएर शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई हराउँदै नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ।