फिल्म ‘प्रपञ्च’को ‘मुटुमा सास भर्ने आधार’ बोलको गीत सार्वजनिक

काठमाडौँ - बीएस बलामी निर्देशित फिल्म ‘प्रपञ्च’को गीत रिलिज भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मको पहिलो गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो।

गीतमा मुख्य कलाकारद्वय सुमन थापा र मेनुका माझीको अभिनय रहेको छ। सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर रहेको छ। गीतमा तेञ्जु योञ्जनले नृत्य निर्देशन गरेकी छन्।

असोज २१ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’लाई बद्री साह, अनिल गीता र रविराज आचार्यले निर्माण गरेका हुन्।

फिल्ममा सिद्धार्थ सिंह, ध्रुव कोइराला, पियुष मगर, मनिल तामाङ, प्रकृति केसी, जोशना सिम्खडा, सिजन तिवारी लगायतको अभिनय रहेको छ। फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रविन ढकालकोे सम्पादन रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×