काठमाडौँ - दाङको देउखुरीमा हिजो मङ्गलबार राति कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
दुर्घटनामा परी राप्ती गाउँपालिका–७ आनन्दपुरका १० वर्षीया सन्ध्या चौधरी रहेका प्रहरीले जनाएको छ। मृतक चौधरी र अन्य दुईजना मङ्गलबार राति साढे दश बजेका समयमा रा३प ३४६१ नंको मोटरसाइकलमा सवार रहेका थिए। गोबरडिहा शिवरात्रिको मेला हेर्न जान लागेका उनीहरु सवार रहेको मोटरसाइकल गढवा गाउँपालिका–२ महदेवा पुल नजिक विपरीत दिशाबाट आइरहेको लु२च ७६८२ नंको कारसँग ठोक्किएको थियो। कारको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको लमहीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।
दुर्घटनामा परी राप्ती गाउँपालिका–४ सगरापुरका मोटरसाइकल चालक अन्दाजी ४५ वर्षीय जयराम चौधरी, सोही ठाउँ निवासी बेदकुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ।