काठमाडौँ - इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। उसले वेस्ट ह्याम युनाइटेडविरुद्ध १-० को जित निकालेको हो।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले निर्णायक गोल गरेका थिए। उनले खेलको ३८ औं मिनेटमा क्रिस्टियन एरिक्सनको पासलाई हेडरमार्फत पोस्टको दिशा दिएका थिए।
युनाइटेडका लागि रासफोर्डको यो १००औं गोल हो। यो जितसँगै १२ खेलमा २३ अंक जोडेको युनाइटेड पाँचौं स्थानमा उक्लिँदा पराजित वेस्ट ह्याम १३ खेलबाट १४ अंकका साथ १३ औं स्थानमा रहेको छ।