न्युजिल्यान्ड र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज

काठमाडौँ - न्युजिल्यान्ड र वेस्टइन्डिजबीचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ।

खेल राति पौने १२ बजेबाट ब्रिजटाउनमा हुनेछ। ३ खेलको शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले १-० को अग्रता बनाएको छ।

पहिलो खेलमा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो। शृङ्खला जोगाइराख्न न्युजिल्यान्डलाई आजको खेल जित्नुपर्ने दबाब छ। यी २ देशबीचको तेस्रो तथा अन्तिम खेल आइतवार हुनेछ।

यसअघि भएको ३ खेलको टी-२० शृङ्खला न्युजिल्यान्डले २-१ ले जितेको थियो। तेस्रो टी-२० मा ८ विकेटले विजयी हुँदै घरेलु टोली वेस्ट इन्डिजले शृङ्खला क्लिन स्वीप हुनबाट जोगाएको थियो।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×