माओवादीबाट वडा अध्यक्ष बनेका यादव काँग्रेसमा प्रवेश

रौतहट । रौतहटको एक नगरपालिकामा माओवादीबाट निर्वाचित भएका वडा अध्यक्ष काँग्रेस प्रवेश गरेका छन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हिरालाल राय यादव पार्टी परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष यादव र उनीसँगै काँग्रेस प्रवेश गरेकाहरुलाई माला र टिका लगाई पार्टीमा स्वागत गरेका थिए । पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेको आरोप वडा अध्यक्ष यादवले लगाएका छन् । उनले यसरी मधेसी समुदायलाई ठक्ने काम भएका कारण आफूले माओवादी पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेको प्रतिक्रिया दिए ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×