'केजीएफ-२' ले उकास्ने सञ्जयको विश्वास

काठमाडौँ - बलिउड अभिनेता सञ्जय दत्तले क्यान्सर उपचार गर्दागर्दै नयाँ फिल्म 'केजीएफ च्याप्टर २'मा अभिनय गरेका थिए।

कन्नड स्टार यशको प्रभावशाली फिल्म यो फिल्ममा दत्त मुख्य खल चरित्रमा छन्। यसअघि, जेल बसाइ र त्यसपछि क्यान्सरका कारण राम्रो फिल्म दिन नसकेका सञ्जयले यो फिल्म दर्शकलाई निकै राम्रो हुने विश्वास लिएका छन्।

'मेरो राम्रो फ्लिम आउनुपर्छ भन्ने दर्शकको लामो प्रतीक्षा छ, यसलाई केजीएफ च्याप्टर-२ ने पूरा गर्नेछ,' फिल्मको ट्रेलर रिलिजका क्रममा भनेका छन्। ट्रेलर  गत २७ मार्चमा रिलिज गरिएको थियो। अहिले दर्शकले फिल्मका नायक यश र खल चरित्र सञ्जयको कामको प्रशंसा गरेका छन्।

ट्रेलर रिलिज समारोहमा अभिनेता रविना टण्डनदेखि निर्माता-निर्देशक करण जौहरले पनि सञ्जयको कामका खुलेर प्रशंसा गरेका छन्। यो फिल्म आगामी १ वैशाखबाट विश्वव्यापी रिलिज हुदै छ। राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×