निफ्राले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौँ - नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले ४.२१ प्रतिशत लाभांश दिने भएको छ। बैंकले गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा संचित नाफाबाट सो बराबरको नगद लाभांश दिने भएको हो।

बैंक संचालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने निर्णय गरेको छ। संचालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ। निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×