औद्योगिक पूर्वाधार आफै बनाए ७५ प्रतिशतसम्म शोधभर्ना

काठमाडौँ - तीन क्षेत्रका उद्योगले आफ्ना प्लान्टसम्म पुग्न आवश्यक औद्योगिक पूर्वाधार बनाएमा सरकारले शोधभर्ना दिने भएको छ। तारे होटेल, सिमेन्ट र फलाम उद्योग स्वयम्ले उद्योगसम्म पुग्ने पहुँच सडक र विद्युत् प्रसारण लाइन निर्माण गरेको खण्डमा लागतको ७५ प्रतिशतसम्म सरकारले शोधभर्ना दिने गरी कार्यविधि आएको छ।

सरकारले उद्योगसम्म पुग्ने सडक, खानेपानी, बिजुली, ढलजस्ता आधारभूत पूर्वाधार बनाइदिने चर्चा चलिरहेका बेला उसले लगानीकर्तालाई नै त्यस्ता पूर्वाधार बनाउन प्रोत्साहित गर्ने गरी कार्यविधि ल्याएको छ। गत आर्थिक वर्ष २०७८/७९ को बजेटमा गरिएको व्यवस्था चालू आर्थिक वर्ष (आव) २०७९/८० देखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो। 
आर्थिक अभियान दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×