सिनेमाघरमा आजबाट प्रदर्शन आएका चलचित्रहरू

काठमाडौँ। आज शुक्रबारबाट नेपाली चलचित्र ‘आकाशे खेती’ र दक्षिण भारतीय चलचित्रहरु ‘राधे श्याम’ र ‘इटी’ प्रदर्शनमा आएका छन्। मल्टीप्लेक्समा दक्षिण भारतीय चलचित्रका नेपाली चलचित्रले कम शो पाएको छ।

गौरव पहारी, विल्सन बिक्रम राई, बुद्धि तामाङ, नीता ढुंगाना, मरिश्का पोखरेल, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल आदि कलाकारहरूको अभिनय रहेको चलचित्र ‘आकाशे खेती’मा उदय सुब्बाको निर्माण तथा निर्देशन रहेको छ।

त्यसैगरि दक्षिण भारतीय चलचित्र ‘राधे श्याम’मा बाहुबली प्रभास र अभिनेत्री पुजा हेगडे मुख्य भूमिकामा रहेका छन्। चलचित्र राधाकृष्ण कुमारको निर्देशनमा तयार भएको हो। तथा अर्को चलचित्र ‘इटी’मा दक्षिण भारतीय अभिनेता सूर्यासँगै प्रियंका अरुल मोहन, विनय राय, सत्यराज, सरन्या पोनवन्नन, सूरी आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा पान्डीराजको निर्देशन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×