काठमाडौँ - कतारले वर्ष २०२२ को विश्वकप फुटबललाई एक महाकुम्भको रुपमा लिएको छ। मध्यपूर्वको मुस्लिम देशमा हुने पहिलो ग्लोबल इभेन्टलाई चर्को गर्मीका कारण नोभेम्बर र डिसेम्बरमा सारिएको छ।
कतारको राष्ट्रिय टोलीले अहिले विश्वकपका लागि ६ महिनाको बन्द प्रशिक्षण तय गरेको छ। फेलिक्स सान्चोको नेतृत्वमा रहेको टोलीले गत महिना जम्मा भएको २७ सदस्यीय टोली सहित बन्द प्रशिक्षणको थालनि गरेको हो।
कतारले २१ नोभेम्बरमा इक्वेडरविरुद्धको खेलबाट विश्वकपको सुरुवात गर्नेछ। त्यसअघि कतारले क्यानडा र चिलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ। पहिलो चरणको तयारी स्वरुप कतारले स्पेन भ्रमण गरेको थियो। त्यसलगत्तै कतारले अस्ट्रिया भ्रमण गर्ने तालिका रहृको छ। जहाँ कतारले घाना, मोरक्को र जमैकासम्मेलित प्रतियोगितामा खेल्नेछ।
कतार सुपर लिग (क्यूएसएल) टोलीका १ सदस्यले खेलाडीहरुलाई विश्वकप सुरु हुने लामो समय बाँकी रहेको बेला नै बन्द प्रशिक्षण राख्दा उनीहरुको मानसिक दृष्टिकोणले राम्रो नभएको बताएका छन्।