काठमाडौं - नुवाकोटको बिदुर नगरपालिका–५ पिपलटार डेरा गरी बस्ने धादिङ ज्वालामुखी गाउँपालिका–१ घर भएका ५० वर्षीय सुका काजी कुमाल आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङको गलकोट नगरपालिका–११ रिघाफेदीस्थित दरम खोलाको किनारमा सोही ठाउँ बस्ने ५२ वर्षीय नर बहादुर राना बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोको ईन्द्रावती गाउँपालिका–१२ पौवास्थित सडकको नालीमा सोही गाउँपालिका–७ पोखरे बस्ने ३३ वर्षीय सागर बिक बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कालिकोटको खाँडाचक्र नगरपालिका–२ थामकोट बस्ने २८ वर्षीय सर्जन पाण्डे सोही ठाउँस्थित कुटेखोलामा बुधबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।