महिलाको हत्याको आरोपमा दुई जना पक्राउ

भक्तपुर - महिलाको हत्यामा संलग्न रहेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गत सोमबार चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा जेनिशा नगरकोटीको शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्ने क्रममा  भक्तपुर नगरपालिका-१० थलाछे बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भनिने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ चौबास घर भएका ३८ वर्षीय नवराज रिजाल पक्राउ परेका हुन्। 

उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×