काठमाडौं - गीतकार खेम प्रसाईंको शब्द सज्जित जीवनमा उज्याला काम गर्नेहरुप्रति समर्पित ‘शुभकामना’ बोलको गीत सार्वजनिक भएको छ। महेश खड्काको संगीत रहेको उक्त गीतमा दीपक लिम्बू र बेनिशा पौडेलको स्वर रहेको छ। महराज थापाले एरेन्ज गरेको गीतलाई साजन शाहले मिक्सिङ गरेका छन्।
उक्त गीतको भिडियो निर्देशन मिनाक्षी कोइरालाले गरेकी छन्। गीतको म्युजिक भिडियोमा संगीतकार खड्का, गीतकार प्रसाईं, रूक्सना, सुनिता, सन्तोष, रविचन्द्रलगायतका कलाकारहरुको अभिनय रहेको छ।