कारको ब्रेकफेल भएपछि तनुश्री दत्तको दुर्घटना

काठमाडौं - बलिउड अभिनेत्री तनुश्री दत्तको हालै दुर्घटना भएको छ। प्राप्त जानकारी अनुसार नायिका महाकालको दर्शन गर्न जाँदै गर्दा सडक दुर्घटना भएको हो।

अभिनेत्री तनुश्री दत्तले आफैंले सामाजिक सञ्जालमार्फत दुर्घटना भएको जानकारी दिएकी छिन्। अभिनेत्रीले इन्स्टाग्राममा आफ्नो चोट लागेको तस्बिर सेयर गर्दै घटनाको बारेमा खुलासा गरेकी हुन्। उनको कारको ब्रेक फेल भएर दुर्घटना भएको र खुट्टामा चोट लागेको बताएकी छिन्।

घटनाको वर्णन गर्दै अभिनेत्री लेखिन्, ‘आज साहसिक दिन थियो! तर अन्ततः महाकालको दर्शन भयो। मन्दिर जाने बाटोमा अनौठो दुर्घटना भए पनि… ब्रेक फेल भएर गाडी ठोक्कियो। जय श्री महाकाल !’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×