कानून निर्माण मात्र होइन कार्यान्वयनमा केन्द्रित छौँ : मन्त्री थापा

पोखरा। गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रदेश सरकार कानून निर्माणतर्फ मात्रै नभई कार्यान्वयनमा पनि केन्द्रित रहेको बताएका छन्। 
    
मुख्य न्यायाधिवक्ताको कार्यालय र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा आज आयोजित ‘गण्डकी प्रदेशमा कार्यान्वयनमा रहेका कानूनको जानकारी’ विषयक गोष्ठीमा उनले संविधान जारी भएपछि सम्पन्न तीन तहको निर्वाचनपश्चात् गठित प्रदेश सरकार तथा प्रदेशसभाले चार वर्षको अवधिमा ५० वटा ऐन र ११ वटा नियमावली जारी गरिसकेको बताए। निर्मित कानूनको कार्यान्वयनमा सरकार लागेको उनले बताए।
    
सरकारले ऐनसहित धेरै सङ्ख्यामा निर्देशिका, कार्यविधि, मापदण्ड तथा गठन आदेश जारी गरेको उल्लेख गर्दै उनले सङ्घीयताको अनुभूति दिने गरी कानूनको कार्यान्वयनतर्फ सरकार केन्द्रित बन्ने बताए। प्रचलित कानूनका सम्बन्धमा हरेक सरोकारवालाले जानकारी राख्नुपर्नेमा जोड दिँदै उनले कानूनको अज्ञानता अक्षम्य हुने बताए। बेलाबेलामा कानून मन्त्रालयले कानून र तिनको प्रावधानका बारेमा जानकारी राख्न तालिम गोष्ठीलगायतका कार्यक्रम गर्दै आएको उनको भनाइ छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×