युनाइटेडलाई उत्कृष्ट खेलाडी चाहिएको छ: प्रशिक्षक राल्फ

काठमाडौँ - म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङ्गनिकले युनाइटेडले गोलरक्षकबाहेक टिमको सबै पक्ष बलियो बनाउने पर्ने बताएका छन्।

युनाइटेडले नेमान्जा माटिक, जुआन माटा, फिल जोन्स तथा इडिन्सन काभानीलाई विदाइ गर्ने लगभग टुंगो भइसकेको तथा पाउल पोग्वा र जेसे लिङगार्डले पनि क्लब छाड्ने सम्भावना रहेको छ।

यस्तो अवस्थामा राल्फले युनाइटेडसँग गोल रक्षकमा ३ विकल्प रहेको भन्दै अन्य स्थानमा खेल्ने खेलाडीहरुले क्लब छाड्ने भएकाले सम्पूर्ण टिममै ध्यान दिनुपर्ने बताए। 

राल्फले टिममा उत्कृष्ट खेलाडीको आवश्यकता रहेको बताउदै उनले सबैले मिलेर काम गरे आफूहरुले खोजेको स्थानमा युनाइटेड पुग्ने बताए। उनले अन्य क्लबलाई दुई वा तीन खेलाडीको आवश्यकता भएपनि युनाइटेडलाई प्रत्येक स्थानका लागि खेलाडीको आवश्यकता रहेको जनाए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×