डिफेन्डर गोमेज लिभरपुलमै रहने

काठमाडौँ - लिभरपुलका डिफेन्डर जोए गोमेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। लिभरपुलले बिहीबार डिफेन्डर गोमेजले संम्झौता नवीकरण गरेको जानकारि दिएको छ।

इंग्ल्यान्डका डिफेन्डर गोमेजले क्लबमा थप पाँच वर्ष रहने गरि सम्झौता नवीकरण गरेका हुन्। अब गोमेज २०२७ सम्म एनफिल्डमा रहने छन्।

२५ वर्षीय गोमेज २०१५ मा लिभरपुल आएका थिए। लिभरपुलका लागि गोमेजले १ सय ४२ खेल खेलिसकेका छन्। इंग्ल्यान्डका लागि उनले ११ खेल खेलेका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×