'आइएमई पे' मार्फत भुक्तानी गर्दा २० प्रतिशत क्यासव्याक अफर सार्वजनिक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘इएमई पे’ को सेवाग्राही केन्द्रित योजना आजबाट सार्वजनिक गरिएको छ ।

योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०५–३ सय रूपैयाँ सम्मको क्यासब्याकको अफर रहेको छ ।

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पूर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली ब्यक्त गर्नुभएको छ ।

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३ सय रुपैयाँसम्म मात्र २०५ छुट पाउन सक्नेछन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×