बुढानिलकण्ठमा एमालेको सुरूआती अग्रता, वडा १ मा प्यानलै विजयी

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन्।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्। यसैबीच वडा नं १ को मत गणना सकिएको छ। वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×