विदेशीको सहयोगमा विपन्नलाई राहत

पाल्पा। जापानीज नागरिक काजुमासा काकिमी (ओकेबाजे) कोे सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको छ। उनले पाल्पाको निस्दी गाउँपालिकाको झिरुबास, ज्यामिरे, अर्चले लगायत विभिन्न ठाउँका नागरिकलाई राहत वितरण गरेका छन्। यहाँका ६३ घर परिवारलाई खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको छ। काकिमीले दैनिक मजदुरी गरेर खाने र घरको आर्थिक अवस्था कमजोर भएकालाई सहयोग गर्न पाउदा आफूलाई खुशी लागेको बताएका छन्। अर्चलेमा ६३ घर परिवारलाई प्रतिघर ५० किलोको दरले चामल वितरण गरिएको छ। 

यसैबीच समाजसेवी काकिमीले कमला प्राथमिक विद्यालयको प्रवेशद्धार निर्माणका लागि रु एक लाख र सिन्दुर आधारभूत विद्यालयका लागि झोला अक्षय कोषबाट शैक्षिक सामग्री वितरण गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×