इंग्लिस क्लब चेल्सी किनबेचको प्रकृया पूरा

काठमाडौँ - अमेरिकी व्यापारी तोड बोहेलीले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी खरिद गर्ने प्रक्रियालाई पूरा गरेको छ। योसँगै रोमन अब्रामोभिचको १९ वर्षे चेल्सीको स्पेल समाप्त भएको छ।

अमेरिकी टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा इंग्लिस क्लब चेल्सी किनेका छन्।

धनाढ्य बोहलीले ४ दशमलव २५ विलियन पाउण्डमा चेल्सी किनेका हुन्। योसँगै चेल्सी किनबेचको प्रक्रिया पूरा भएको छ। जसमा २.५ बिलियन पाउन्डमा क्लबको बिक्री मुल्य हुनेछ। १० वर्षपछि १.७५ बिलियन पाउन्ड लगानी गर्ने उल्लेख छ।

खरिद सम्झौतामा १५ दिनअघि हस्ताक्षर गरिएपनि प्रक्रिया पुरा गर्दा समय लम्विन पुगेको हो। बेलायत सरकार, पोर्चुगली अधिकारी र युरोपेली संघले सबै वित्तीय लेनदेनलाई अनुमोदन गरिसकेका छन्।

क्लबले सोमबार दिउँसो रोमन अब्रामोभिचले चेल्सी फुटबल क्लब र सम्बन्धित कम्पनीहरूलाई टोड बोहली र क्लियरलेक क्यापिटलको नेतृत्वमा रहेको लगानी समूहमा बिक्री पूरा गरेको जनाएको छ।

चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन्।

चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचलाई बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेच्ने प्रकृया सुरु भएको थियो। अब्रामोविचले सन् २००४ मा चेल्सी किनेका थिए।  

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×