गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको आदेश

काठमाडौँ - सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो।

कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चुनाव चिह्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो। तर आयोगले असार २९ गते राप्रपा नेपाललाई पत्र लेख्दै गाई चुनाव चिह्न दिन नमिल्ने जानकारी गराएको थियो।

निर्वाचन आयोगको उक्त निर्णयविरुद्ध राप्रपा नेपालले सर्वोच्चमा रिट दिएको थियो।

सर्वोच्चले यो विवाद चाँडै निरुपण गर्नुपर्ने देखिएको भन्दै म्याद थाम्न र सुनुवाइ स्थगित गर्न नपाउने गरी एक हप्ताभित्रै पूर्ण सुनुवाईमा पेश गर्न आदेश दिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×