एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडौँ - साल्जबर्गलाई ४-० ले हराउँदै एसी मिलान आठ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ। मिलानको जितमा ओलिभर जिरुडको २ गोल र १ असिस्ट महत्वपूर्ण रह्यो।

इटालियन टोलीलाई अन्तिम १६ मा पुग्न समूह ‘ई’ को अन्तिम खेलमा हारबाट जोगिए पुग्थ्यो भने साल्जबर्गलाई जित्नै पर्ने बाध्यता थियो। ४६ औँ मिनेटमा रेड क्रुनिकको गोलमा असिस्ट गर्नुअघि जिरुडले १४ औँ मिनेटमा हेडिङमार्फत सुरुवाती गोल गरेका थिए।

अनुभवी स्ट्राइकर जिरुडले ५७ औँ मिनेटमा दोस्रो गोल गरे भने जुनियो मेसियसले इन्जुरी समयमा सोलो गोल गर्दै मिलानलाई ४-० जित दिलाए।

जितसँगै मिलान समूह ‘ई’मा चेल्सीपछि उपविजेताको रुपमा अर्को चरणमा गएको छ। अस्ट्रियाको साल्जबर्ग तेस्रो स्थानमा रहेर युरोपा लिगमा प्रवेश गरेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×