भारतीय अभिनेता सैफ अलि खान अस्पताल भर्ना भएका छन्।
उनी सोमबार दिउँसो मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका हुन्।
रिपोर्टहरुका अनुसार उनको घुँडा र काँधमा चोट लागेका कारण अस्पताल भर्ना गरिएको हो।
अस्पतालका उनका साथमा उनकी पत्नी करिना कपुर पनि छिन्।
सुटिङका क्रममा सैफलाई चोट लागेको बताइएको छ।