काठमाडौँ । यतिबेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा कोरोना संक्रमणका कारण अस्वस्थ भइरहँदा बार एवं केही न्यायाधीशहरूले न्यायालयको सत्ताको मोह छोड्न सकेका छैनन्।
सर्वोच्च अदालतका न्यायाधीशहरू र नेपाल बार एशोसिएशन तथा सर्वोच्च बार एशोसिएशनका प्रतिनिधिहरुले मानवीय समवेदना समेत गुमाइसकेको देखिएको हो। कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएका प्रधानन्यायधीश जबरालाई स्वास्थ्य लाभको कामना समेत नगरेको बार-बेञ्चले ‘कायम मुकायम’ जिम्मेवारी नतोकेको भन्दै रोइलो गरेर निर्लज्जताको पराकाष्ठा नाघेका छन्। प्रधानन्यायाधीशको अनुपस्थितिका बाबजुद वरिष्ठ न्यायाधीशलाई कायम मुकायम नतोकिएको भन्दै बार एशोसिएशनले आपत्ति जनाएपछि बारका प्रतिनिधि र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच बिहीबार छलफल हुन लागेको हो। बुधबार पनि कामु नतोकिएको भन्दै न्यायधीशहरूले इजलास बहिस्कार गरेका थिए। बार एशोसिएशनले बुधबार विज्ञप्ति जारी गर्दै वरिष्ठ न्यायाधीशलाई कायम मुकायम तोक्न माग गरेको थियो।
प्रधानन्यायाधीश जबराले अस्वस्थताका कारण अदालतमा उपस्थिति नभए पनि कायम मुकायम नतोकेका भन्दै बारले आपत्ति जनाएको हो। तर प्रधानन्यायधीशले कायममुकायम तोक्ने नतोक्ने बारे अर्ति उपदेश दिने काम बारको नभएको धेरै न्यायक्षेत्रका दिग्गज व्यक्तिहरुको मत छ। स्रोतका अनुसार वरिष्ठ न्यायधीश दिपक कार्कीको नै बार पदाधिकारीहरुसमक्ष कामु तोक्न दबाब दिने व्यहोरा उल्लेख गरेर विज्ञप्ति निकाल्न आग्रह गरेका थिए। आफूलाई कामु तोके केही महत्वपुर्ण फैसला गर्ने र पछि प्रधानन्यायधीश जबरालाई त्यो उल्टाउन नदिने उनको षड्यन्त्र छ। कार्कीलाई कामु बनाएर आफ्नो पक्षमा केही फैसलाहरु गराउने तयारीमा केही वरिष्ठ अधिवक्ता र पूर्व प्रधानन्यायधीशहरु नै लागि परेको स्रोतको दाबी छ। त्यतिमात्र नभई अहिले कामु भइहाले प्रधानन्यायधीश जबरा काममा फर्के पनि उनलाई सहयोग नगर्ने र राजीनामा दिन बाध्य बनाउने उनीहरूको भित्री तयारी छ। कामु भएपछि जबराले हटाउन खोजे पनि कुर्ची नछोड्ने र सर्वोच्चमा समानान्तर सत्ता चलाउने तयारी भएको खुलेको हो।
कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश जबरा अस्वस्थ भइरहँदा समेत स्वास्थ्यलाभको कामना गर्नुको साटो बार एवं केही न्यायाधीशहरू यस विषम परिस्थितिलाई न्यायालयको सत्ताको हत्याउने सबैभन्दा अनुपम मौकाका रूपमा लिएर अदालतमा खैलाबैला मच्चाइरहेका छन्।