बिल बिजक नभएको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा

भन्सार छलीका सामान बरामद
काठमाडौं - धनुषा जिल्लाको मिथिला नगरपालिका १० स्थित बडहरीबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १७ लाख ३१ हजार रुपैयाँ बराबरको मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार सुरक्षा बेश जनकपुरले विशेष सूचनाको आधारमा अबैध रुपमा गोदाममा स्टोर गरी राखिएको अवस्थामा उल्लेखित मुल्य बराबरको २ हजार ९ सय ६० वटा मोबाईलको डिस्प्ले र लत्ताकपडा बरामद गरिएको हो । बरामद सामान राजश्व भन्सार कार्यालय जनकपुरमा बुझाईएको छ ।

काठमाडौं - रौतहट जिल्लाको राजपुर नगरपालिका २ फतुहाबाट कार्तिक १४ गते सशस्त्र प्रहरीले करीव २ लाख १६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपले बीआर ०५ एल ३५९० नम्बरको मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा बिल बिजक फेला नपरेपछि नं. ११ गण रौतहटले नियन्त्रणमा लिएको हो । यसैगरी सोही जिल्लाको यमुनामाई गाउँपालिका ४ बमनहर ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीब १ लाख ३२ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । 

बिलबिजक नभएको उल्लेखित मुल्यको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश फतुहाले बरामद गरेको हो । बरामद लत्ताकपडा तथा मोटरसाईकल गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×