टाकुमी मिनामिनो मोनाको जाने

काठमाडौँ - मोनाकोले लिभरपुलका फरवार्ड टाकुमी मिनामिनोलाई अनुबन्ध गर्ने भएको छ। गोल डटकमका अनुसार फ्रेन्च क्लबले मिनामिनोका लागि १.८ करोड युरो खर्चन तयार भएको हो।

जापानी खेलाडीलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लब लिड्स र साउथ ह्याम्पटनले पनि प्रयास गरेका थिए। गत सिजन लिभरपुलका लागि २४ खेल खेल्दै मिनामिनोले १० गोल गरेका थिए। 

सन् २०२० को जनवरीमा रेड बुल साल्जवर्गबाट लिभरपुल आएका मिनामिनोले लिभरपुललाई दुई घरेलु कप प्रतियोगिता जिताउन प्रमुख भूमिका खेलेका थिए। उनि काराबाओ अप र एफए कपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए। उनले फाइनलमा खेल्न पाएनन्। प्रिमियर लिगमा एउटा खेलमा मात्र सुरुवात गरेका उनले जम्मा ९ खेलमात्र खेलेका थिए।

यो सिजन फाबियो काराभाल्हो र डार्विन नुनेज भित्रिएपछि उनले खेल्ने समय झन् कम पाउने भएपछि २७ वर्षीय खेलाडीले क्लब छाड्ने निर्णय गरेको बताइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×