काठमाडौँ - गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाइरहेका छन्। गुरुङ समुदायले नयाँ वर्षको रुपमा ल्होसार पर्व मनाउने गर्छन्। काठमाडौँको टुंडिलेखलमा भेला भएर मनाइरहेको यस पर्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि उपस्थित भएका थिए। ल्होसारको अवसरमा उनले शुभकामना व्यक्त गरेका छन्।
सरकारले तमु ल्होसार पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायत राजनीतिक दलका शीर्षनेताले शुभकामना दिएका छन्।