इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली खेलाडी बने राेनाल्डाे

काठमाडौँ - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो सर्वाधिक प्रभावशाली खेलाडी बनेका छन्। उनी कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन्।

राेनाल्डाेले अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारेका छन्। एनालिस्ट कम्पनी निल्सन स्पोर्ट्सको डाटाअनुसार म्यानचेस्टर युनाइटेडका फरवार्ड  रोनाल्डोको औसत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षभन्दा ४७ प्रतिशतले बढेको देखिएको छ। उनको फलोअर्स ४८० मिलियन रहेको छ। यो सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौथोमा एम्बाप्पे र पाँचौंमा भिनिसियस जुनियर रहेका छन्।

इंग्ल्याण्डका जाडोन सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडी बनेका छन्। ​एनालिस्ट कम्पनीले २०२२ को कतार विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीको श्रेणी निर्धारण गरेको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×