राष्ट्रियसभामा ६ अध्यादेश पेश

काठमाडौँ । राष्ट्रियसभाको एघारौँ अधिवेशन अन्तर्गत आजको पहिलो बैठकमा ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन, अध्यादेश, २०७८’ सहित विभिन्न छ अध्यादेश पेश भएको छ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को विरोधबीच सञ्चालित बैठकमा गृहमन्त्री बालकृष्ण खाँणकातर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश, २०७८’, र ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गरेका छन्। कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकातर्फबाट मन्त्री गुरुङले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पनि पेश गरे। मन्त्री यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पनि पेश गरेका छन्। एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद अवरुद्ध गरेको हो।

सभाको अर्काे बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजे बस्नेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×