सय करोड क्लबमा अजय देवगणको फिल्म ‘दृश्यम-२’

काठमाडौँ - बलिउडका सिंघम अजय देवगणको नयाँ फिल्म ‘दृश्यम-२’ ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अजय देवगणले पुनः एक पटक उनी सय करोड क्बलका मास्टर हुन् भन्ने प्रमाणित गरिदिएका छन्।

‘दृश्यम-२’ ले एक साता मै १ सय करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएको छ। ‘दृश्यम-२’ को लगातारको आम्दानी दिनप्रति दिन बढिरहेको छ।

गत शुक्रवार प्रदर्शनको पहिलो दिन नै यो फिल्मले उत्कृष्ट आम्दानी गरेको थियो। यो फिलमले शुक्रवार १५.३८ करोड, शनिवार २१.५९ करोड, आइतबार २७.१७ करोड, सोमबार ११.८७ करोड, मंगलबार १०.४८ करोड, बुधवार ९.५५ करोडको व्यवसाय गरेको थियो। बिहिबार भने यो फिल्मले ८.७० करोड भारु आम्दानी गरेको थियो।

७ दिनको कुल आम्दानी भारतमा मात्र १०४.७४ करोड भएको छ। योसंगै ‘दृश्यम-२’ सन् २०२२ मा सय करोड क्बलमा समावेश हुने पाँचौं फिल्म बनेको छ। यतिमात्र होइन, ‘दृश्यम-२’ अजय देवगणको करियरकै १ सय करोड क्लबमा समावेश हुने १३ औं फिल्मसमेत बनेको छ।

यो फिल्मले सन् २०२२ को सुपरहिट फिल्म भूल भुलैया २ लाई पछाडि पारेको छ। कार्तिक आर्यनको उक्त फिल्मले पहिलो हप्ता ९२.०५ करोड भारु आम्दानी गरेको थियो। भूल भुलैया २ ले अहिलेसम्म १८५.९२ करोड आम्दानी गरेको छ। यो तथ्यांकलाई दृश्यम २ ले छुन सक्छ कि सक्दैन, केही दिनमै थाहा पाउन सकिने छ।

यो साता भने दृश्यम २ लाई उत्कृष्ट व्यवसाय गरिरहन गाह्रो हुने देखिन्छ। किनभने आज शुक्रवारदेखि वरुण धवन तथा कृति सेननको नयाँ फिल्म ‘भेडिया’ प्रदर्शन हुँदैछ।

अभिषेक पाठकको निर्देशनमा बनेको दृश्यम २ को उत्कृष्ट व्यवसाय बलिउडकै लागि वरदान सावित भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यो फिल्ममा अजय देवगणसहित तब्बू, श्रेया सरन, अक्षय खन्ना, इशिता दत्ता मुख्य भूमिकामा रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×