काठमाडौँ - अभिनेत्री सुरक्षा पन्त पनि एक्सन अवतारमा देखिएकी छन्। ‘गन्तव्य’ बोल रहेको गीतको म्युजिक भिडियोमा उनी एक्सन अवतारमा देखिएकी हुन्।
पैसाका लागि गलत काममा होमिएका प्रेमीप्रेमीकाको क्रियाकलापलाई भिडियोमा समेटिएको छ। भिडियोमा उनको अपोजिटमा निराजन प्रधान रहेका छन्। आरके खत्रीको स्वर रहेको गीतमा सूर्य अधिकारीको र्याप रहेको छ, भने संगीत गायक खत्रीले नै भरेका छन्। गीतमा गायकद्वय खत्री र अधिकारीकै शब्द रहेको छ।
अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताएकी छिन्। ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं। एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मनपर्यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ’ सुरक्षाले भनिन्। हरी हुमागाईको निर्देशन रहेको भिडियोमा शंकर महर्जनको द्धन्द्ध, उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन रहेको छ।