गौरव पहारी र लक्ष्मी बर्देवा अभिनित गीत ‘जान्छु म लाहुर’ सार्वजनिक

काठमाडौँ  - पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुतिमा नयाँ गीत ‘जान्छु म लाहुर’ सार्वजनिक भएको छ। गीतको भिडियो पृथ्वी इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजपनिक भएको हो।

देशको परिस्थिति र पारिवारिक आर्थिक अवस्थाका कारण रोजगारीका लागि परिवार, आफन्तसँग छुट्नु पर्दाको पीडालाई समेटिएको सो गीतको शब्द सिर्जना सुमी राई लिम्बुले गरेकी छन्।

गायिका सम्झना भण्डारी र गायक तिलक बस्नेतको स्वर रहेको सो गीतको भिडियोमा गौरव पहारी, लक्ष्मी बर्देवा र जिया भुषालको अभिनय रहेको छ।

गीतमा विशाल घिमिरेकाे निर्देशन तथा प्रविन भट्टकाे सम्पादन रहेकाे छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×